सोलुखुम्बु: सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ३ लोदिङ मा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।
अन्दाजी ४२ बर्षीय माया शेर्पा भालुको आक्रमणबाट घाईते भएकी हुन् । शुक्रबार राती साढे ९ बजे समयमा आफ्नै मकैंबारीमा मकै रुङ्न बनाएको सानो टहरामा बसी भालु धपाउन टिन बजाउने क्रममा भालुले आक्रमण गरेको हो । बच्चासहित आएको भालुले अचानक आक्रमण गर्दा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागी जिल्ला अस्पताल सोलुखुम्बु लगिएकोमा थप उपचारको लागी जिल्लास्थित मिसन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।