उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सिराहाको भगवानपुर गाउँपालिका २ का २० बर्षीय मुकेश कुमार यादव र २३ बर्षीय रमेश कुमार महतोलाई लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुबाट फेनारगन १०० एम्पुल, नोर्फिन १०० एम्पुल, डाईजोल्याप १०० एम्पुल र नगद ७ हजार २ सय ३० रुपैया वरामद भएको प्रहरीले जनाएको छ ।

स ७ प ८८०९ नम्बरको मोटरसाईकलमा सवार रहेका दुवै सोमवार अपरान्ह ५ बजे पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।