सोलुखुम्बु: सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ बुङका २० बर्षीय शुक्रकुमार राई मृत अवस्थामा फेला परेका छन् ।
गत २६ गते घरबाट नाम्चेमा ट्रेकिङ काम गर्न जान्छु भनि हिडेकोमा बुङबाट नाम्चे जाने बाटोमा पर्ने माप्ये दुधकोशी गाउँपालिका ७ सिबुचेस्थित जंगलको बिचमा रहेको बाटोमा उनी मृत अवस्थामा फेला परेको थियो । स्थानीयले हिजो राती १० बजे प्रहरी चौकी खरीखोलामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ कानुनी प्रकृया तथा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट प्रहरी टोली खटि गएको छ ।