सुनसरी: सुनसरीको बर्जु गाउँपालिका ५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले कुटपिट गर्दा श्रीमतिको मृत्यु भएको छ ।

उनले कुटपिट गर्दा २३ बर्षीया श्रीमति अवन देवी यादवको मृत्यु भएको हो । मंगलवार बिहान घरायशी विवादको कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी थिइन् । घाइते श्रीमतिको उपचारको क्रममा बिराटनगरको लाईफ गार्ड अस्पतालमा मंगलवार बेलुका ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ । घटना पश्चात फरार रहेका अभियुक्त प्रदिप यादवको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।