झापा: झापाको शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा एक जनाको शव फेला परेका छ ।

आज बिहान पौने ११ बजेको समयमा माईखोलाको पुल देखी १ किलोमीटर दक्षिण खोलाको किनारमा पानीमा तैरीरहेको अवस्थामा स्थानीय ५५ बर्षीय सपन चौधरी मृत अवस्था फेला परेका हुन् । घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी माईधारबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको थियो । घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।