झापा: झापाको मेचीनगर नगरपालिका ९ मागुरवाडीका ६० बर्षीय गंगा थपलियाको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान ७ बजे आफ्नै घर पछाडि बारीमा हात्तीबाट जोगिन जोडेको बिजुलीको नांगो तारबाट करेन्ट लाग्दा थपलियाको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय धुलावरीबाट प्रहरी टोली पुगेको थियो । उक्त टोलीले कानूनी प्रकृया पश्चात थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।