सुनसरी: सुनसरीको दुहवी नगरपालिका १ साहु टोलस्थित शिव मन्दिरका पुजारी ६० बर्षीय तुलाकृष्ण चौधरी मृत अवस्थामा फेला परेका छन् ।
आज बिहान पौने ८ बजेको समयमा दुहवी ५ निवासी मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा भटिएको हो । स्थानीयवासीले जानकारी गराएलगत्तै ईलाका प्रहरी कार्यालय दुहवीबाट घटनास्थलमा प्रहरी टोली खटिएको थियो । उक्त टोलीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।