ओखलढुङगा: ओखलढुङगाको खिजिदेम्बा ४ की ३६ बर्षीया बालकुमारी बिकको भीरबाट लडेर मृत्यु भएको छ ।

बुधवार राती साँढे ७ बजेको समयमा घरबाट खिजिदेम्बा २ स्थित दिदीको घर जाँदै गरेको अवस्थामा बाटोमा रहेको भीरबाट लडेर बिकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई शवलाई भीरबाट निकाली कानूनी प्रकृया पश्चात अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।