पथरी : उर्लाबारी प्रहरीले लागूऔषध सहित एक युवालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेका २१ वर्षीय अनुज राइलाई लुपिजेसिक १७ एम्पुल, डाइजेपाम १७ एम्पुल, प्रोमोजोन १९ एम्पुल सहित नियत्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनलाई दमकबाट पथरी आउने क्रममा चेक जाँचको क्रममा को ३२ प ६४८५ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।