ओखलढुङगा : ओखलढुङगाको चिसंखुगढी गाउँपालिका १ कुईभिर सिलउरी घाटमा पौडी खेल्ने क्रममा दुधकोशी नदीले बगाउँदा १ जना बेपत्ता भएका छन् ।
नमस्ते अल इन्टरनेशनल आयुवेर्दिक कम्पनी काठमाण्डौंबाट आयुर्वेदिक औषधी बिक्री बितरणको लागि आएका जिल्ला डोटी चौकी गाउँपालिका ७ का २० वर्षीय चन्द्र बहादुर खड्का र झपेन्द्र नेपाली पौडी खेल्ने क्रममा चन्द्र बहादुर खड्कालाई नदीले बगाई बेपत्ता भएका हुन् । उक्त स्थानमा प्रहरी चौकी खानीभञ्याङबाट प्रहरी टोली खटि गई स्थानीयबासीहरुको सहयोगमा बेपत्ता भएका खड्काको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।