पथरी :  मोरङको पथरी शनिश्चरेस्थित लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङ्गहार्टले वडा नम्वर ३ का ३ जना पूर्ण अपाङ्गगता भएकाहरुलाई सोमबार ह्विल चियर वितरण गरेको छ ।

पथरीशनिश्चरे ३ का प्रेम प्रसाद लुइटेल, बिष्णुमाया ढकाल र धनकुमारी साबा लाई ह्विलचियर बितरण गरिएको हो । ह्विल चियर बितरण कार्यक्रममा कार्यक्रम संयोजक गणेश बाछना राई, वडा अध्यक्ष डम्बर बाहादुर चेम्जोङ, लायन्स क्लब पथरीका अध्यक्ष रोशन बुढाथोकी, योङहर्टका अध्यक्ष राजेन्द्र बस्नेतले लायन्सका कार्यबारे बोलेका थिए ।

यस्तै सोमबार नै लायन्स क्लब अफ पथरी योङ्गहार्टले वडा नम्बर ३ कै जनता माध्यमिक विद्यालयमा १३ थान सिलिङ्ग पंखा वितरण गरेको छ । गर्मीको समयमा पठनपाठनमा सहजता होस भन्ने उदेश्यले पंखा वितरण गरिएको अध्यक्ष बस्नेतले जनाए । दुवै क्लबले विभिन्न समयमा विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री लगायत वितरण गर्दै आएको छ ।