झापा : झापाको दमक नगरपालिका ३ बेलडागी २ सेक्टर न.ई वान, हर्ट न. २ सिबीर मा बस्ने नर बहादुर मगर को छोरा १४ वर्षीय ओशिष मगर पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।

आईतबार साँझ ५ बजेको समयमा घरबाट हिडेका ओशिषलाई सोमबार बिहाँन साढे ७ बजेको समयमा दमक नगरपालिका ३ हुम्से दुम्से सामुदायिक वनका कर्मचारीले जंगलमा खनेर बनाईएको पोखरीमा ओशिष मगरको शव डुबी रहेको अवस्थामा फेला पारेका थिए । घटनाबारेमा अस्थायी प्रहरी चौकी बेलडागीमा जानकारी गराउनासाथ प्रहरीको टोली खटिएको थियो भने आवश्यक अनुसन्धान तथा कानूनी प्रकृयाको लागी ईलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।