इटहरी : इटहरीको १८ नम्बर वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । कृर्षि तथा पशुपंक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले एक समारोहका बिच बालमैत्री वडा घोषणा गरिन् । वडा नम्वर १८ बालमैत्री वडा घोषणा हुने इटहरीकै पहिलो वडा हो ।
घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री चौधरीले बालबालिकालाई अघि बढाउन नसके समाज अघि वढन नसक्ने बताइन् । १८ नम्बर वडा इटहरीकै पहिलो वालमैत्री वडा भएकोमा उनले बधाई समेत दिईन् । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर १८ बाट सुरु भएको बालमैत्री वडा घोषणा अभियानलाई सबै वडामा पुर्याएर बालमैत्री उपमहानगर घोषणा गरिने बताए । सामाजिक विकास तथा स्वास्थ्यमहाशाखा प्रमुख भोजकला दवाडीले वालवालिकाका लागि गरिएको लगानीले सुनौलो विहानी ल्याउने बताइन् । वडानम्वर १८ का वडाध्यक्ष रामकुमार चौधरीले ३९ वटा सूचक पूरा गरेर बालमैत्री वडा घोषणा गरिएको जानकारी गराए । घोषणा गरेर मात्र नभई कार्यावन्यनका लागि लागि पर्ने उनको प्रतिवद्धता छ ।