ताप्लेजुङ: ताप्लेजुङको मिक्वा खोला गाउँपालिका ४ दलैचामा आफ्नै बारीमा ४८ बर्षीय को मनकुमार भन्ने मनमरे लिम्बु मृत अवस्थाम फेला परेका छन् ।
अलैची फाड्न गएका लिम्बु ३ दिनदेखि हराएका थिए । साउन ३२ गतेदेखि अलैची फाड्न गएका श्रीमान् हराए पछि पत्नी ४६ बर्षीय पबित्रा लिम्बुले प्रहरी चौकी पापुङ्मा हुलिया निबेदन दिएकी थिईन् । सोही क्रममा खोजतलाश गर्दै जाँदा हिजो सोमबार साँझ साढे ६ बजे मिक्वा खोलाको बगरमा मनकुमारलाई मृत अबस्थामा फेला परिएको थियो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटिएर कानूनी प्रकृया पुरा गर्नुका साथै घटनाबारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।