मोरङ: मोरङको बेलबारी नगरपालिका ९ पोखरीका ५५ बर्षीय गणेश चौधरीले सामान्य विवादको क्रममा घरेलु हतियार प्रहार गरेर एक वृद्धालाई घाइते बनाएका छन् ।

विवादमा गणेशले ६५ बर्षीय सुर्ता चौधरीलाई घरेलु हतियार दाउले पछाडीबाट टाउकोमा प्रहार गर्दा उनी घाईते भएका थिए । घाईते चौधरीको स्थानीय किल्निक डाँगा बजारमा उपचार भईरहेको छ भने दाउ प्रहार गर्ने चौधरीलाई अस्थायी प्रहरी चौकी डागा बजारले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।