उदयपुर: उदयपुरको बेलका नगरपालिका ५ का तिर्थ आले मगरले श्रीमतीलाई कुटपिट गर्दा ३० बर्षीय मन्जु आले पुलामी मगरको मृत्यु भएको छ ।

सोमबार राती १० बजेको समयमा घरायसी बादबिबादको क्रमम श्रीमतीलाई कुटपिट गर्दा मञ्जु गम्भीर घाईते भएकी थिइन् । उनको उपचारको क्रममा धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा रातको साढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटना पश्चात श्रीमानलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएकोसमेत उक्त कार्यालयले जनाएको छ ।