धनकुटा: धनकुटाको सहिदभूमि गाउँपालिका ३ डाँडागाउँका ३८ बर्षीय अर्जुन राईको भीरबाट लडेर मृत्यु भएको छ ।
हिजो सोमबार साँझ साढे ५ बजेको समयमा घरबाट सोही स्थानको टारबारीमा रहेको ससुराली घर जान्छु भनि हिँडेका राई रातीसम्म पनि नपुगेपछि सोधीखोजी भएको थियो । उनको खोजी गर्ने क्रममा आज बिहान ७ बजेको समयमा कोर्लाङ भीरबाट अन्दाजी १०० मिटर तल लडेर मृत्यु भएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे स्थानीयले ईलाका प्रहरी कार्यालय छिन्ताङमा जानकारी गराएका थिए । जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले कानूनी प्रकृया गरी थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।