झापा : झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ८ दाहाल चोकका ६१ वर्षीय हर्क बहादुर दर्जीको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधवार अपरान्ह साँढे ५ बजेको समयमा आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका दर्जीको झापाको बिर्ता्सिटी अस्पतालमा बेलुका पौने ७ बजे उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।