झापा : झापाको बिर्तामोड नगरपालिका ५ पुरानो ईलाम स्टेसनबाट ५२ ग्राम लागुऔषध खैरो हेरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले विहीबार बिहान साँढे ९ बजेको समयमा बा १६ च १६९३ नम्बरको कारमा सवार बिर्तामोड नगरपालिका ५ का ३६ वर्षीय राम कृष्ण कडरीयालाई पक्राउ गरेको हो ।

पक्राउ परेका कडरियालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।