झापा : झापाको शिवसताक्षी नगरपालिका–१० सुकुम्बासी बस्तीका ताला हस्ताको घरमा बस्दै आएका ४३ बर्षीय साहेव सरदारलाई माई खोलाले बगाउदा बेपत्ता भएका छन् ।
बिहिवार दिउँसो २ बजे माईखोला तर्ने क्रममा खोलाले बगाउँदा उनी बेपत्ता भएका हुन् । खोलाले बगाई बेपत्ता भएका सरदारको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिले झापाले जनाएको छ ।