ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका–८ भित्तेका ५६ बर्षीय मान बहादुर बि.क.को चट्याङका कारण मृत्यु भएको छ ।
बिहिवार बेलुका ७ बजे आफ्नै घरको भान्सामा बसिरहेको अवस्थामा अचानक परेको चट्याङले लागेर बि.क.को घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी फुङलिङ नगरपालिका–१० की ५० बर्षीय श्रीमाया तामाङ चट्याङले लागेर घाईते भएकी छन् । बिहिवार राती साँढे ७ बजे आफ्ने घरमा बसिरहेको अबस्थामा अचानक चट्याङले लाग्दा उनी घाईते भएकी हुन् । घाईते तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।