झापा: झापाको बिर्तामोड नगरपालिका ३ बिर्तामोड-भद्रपुर सडक खण्डमा खनेको नालीमा डुबेर एक वृद्ध महिलाको मृत्यु भएको छ ।
आज बिहान बिर्तामोड १० कि ६५ बर्षीया सुमित्रा राईको नालीमा डुबेर मृत्यु भएको हो । बिहान करिब ९ बजेको समयमा नालीमा डुबेर मृत अवस्थामा शव फेला परेको थियो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा शव पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।