झापा : झापाको कमल गाउँपालिका स्थित सानो केर्खा बजार छेउ पूर्वपश्चिम हाइवेमा दुर्घटना भएको छ । दुर्घटनामा परि अन्दाजी ६० वर्षकी महिलाको मृत्यु भएको छ ।
शुक्रबार साँझ पूर्ववाट पश्चिम तर्फ आउदै गरेको भारतीय एच आर ६९ सी ३१७१ नंम्वरको लहरीले महिलालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । मृतक महिलाको पहिचान खुलेका छैन । उनको सव पोष्टमार्टमको लागि दमक स्थित दमक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।