उदयपुर : उदयपुरको कटारी नगरपालिका ५ भोर्ले स्थित भोर्ले खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

शनिबार दिउँसो २ बजेको समयमा सोही स्थान बस्ने जगदिश श्रेष्ठको ८ वर्षिय छोरा सिद्धान्त श्रेष्ठ र कृष्ण श्रेष्ठको ६ बर्षिय छोरा नारायण श्रेष्ठ दुबैजनाले घरमा कोही कसैलाई नभनी खोलामा नुहाउन गएकोमा नुहाउने क्रममा सिद्धान्त श्रेष्ठ खोलामा डुबेको भनी नारायण श्रेष्ठले आफन्तलाई जानकारी गराएपछी घाईते बालकलाई उद्दार पश्चात तत्काल कटारी अस्पताल र्पुयाउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।