धनकुटा: धनकुटाको सागुरीगढी गाउँपालिका ९ थाम्चुवास्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

हिजो साझँ ६ बजे साँगुरीगढी गाउँपालिका ८ खुडीमा निर्माण भई रहेको तमोर करिडोर सडक खण्डको लागि चाहिने आवश्यक सिमेन्ट लिएर इटहरीबाट धनकुटातर्फ जादै गरेको ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको हो । कालिका कन्सट्रक्सनको लु. ४ त. २६९९ नम्बरको ट्याक्टर बाटोबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा चालक सुनसरीको बराहक्षेत्र नगरपालिका ८ मैनाबारीका २६ बर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।

निर्माणस्थलमा अबेरसम्म पनि ट्याक्टर नपुगेपछि ठेकेदार पक्षका मानिसहरूले खोजतलाश गर्ने क्रममा आज बिहानको राती ३ बजेको समयमा उक्त स्थानमा मृत्त अबस्थामा फेला पारेका थिए । जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले सम्पुर्ण कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको उक्त कार्यालयले जनाएको छ ।