धरान: काशको थाल, बाटुका, करुवालगायत सामानहरु चोरी गर्ने एक जना धरान १७ बाट पक्राउ परेका छन् ।

धरान १७, समिति मार्गका २३ बर्षीय आमोश ठटालले आफ्नो घरको भान्सा कोठाबाट काशका थाल, बटुका, करुवा लगायतको सामानहरु चोरी भएको उजुरी गरेका थिए । उनले आफ्नो करिब ५० हजार बराबरको भाडाकुडा चोरी भएको उजुरी प्रहरीमा गरेका थिए । चोरीको उजुरी परेपछि इलाका प्रहरी कार्यालय धरानले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा धरान १७ डाँडाघोपाका २२ बर्षीय मेजर राई माथी आशंका गरेको थियो ।

प्रहरीले उनको घरमा खानतलासी गर्ने क्रममा ठटालको घरबाट चोरी भएका विभिन्न सामानहरु फेला पारेको जनाएको छ । प्रहरीका अनुसार मेजरको घरबाट काशका करुवा ५ थान, लोटा १ थान, थाल ३ थान, पुजा थाली १ थान र कासका बटुका ५ थान फेला परेको छ । पक्राउ परेका मेजरलाई चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

IMG_4448-(1)