धनकुटा: धनकुटाको शहिदभुमी गाउँपालिका १ को पाङनाम र वडा नम्बर २ को बुर्खामा अबैध रुपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले गाँजा फडानी गरी नष्ट गरेको हो । उक्त स्थानको करिव २५ रोपनी जग्गामा अबैध रुपमा लगाएको गाँजाको १० हजार १ सय ९४ बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।