झापा: झापाको मेचीनगर नगरपालिका ६ बाट अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिव २ लाख बराबरको औषधी बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधवार राती सवा ९ बजे बिभिन्न किसिमका २ कार्टुन औषधीहरु बरामद गरेको हो । गस्तिमा रहेको प्रहरी टोलीलाई देख्नासाथ औषधी ल्याउँदै गरेको मानिस औषधी छाडेर फरार भएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जानएको छ ।