इनरुवा: सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ घुस्कीमा हरिनगर गाउँपालिकाद्धारा ट्रान्सफर्मर जडान गरेको छ ।

गाउँपालिकाले आफ्नै लगानीमा ट्रान्सफर्मर जडान गरेपछि वस्तीमा विजुली पनि पुगेको छ । बस्तीमा बिजुली पुग्दा स्थानीयबासीहरुमा खुशीयाली छाएको छ। बषौंदेखि विजुली अभाव र चर्को गर्मीको समस्या झेलिरहेकाहरु अहिले राहत पाएका छन् । चुनावको बेला सबै पार्टीका नेताहरुले अश्वासन दिदै आएपनि काम भने कसैले गरेका थिएनन् । पछिल्लो समय हरिनगर गाउँपालिकामा विकासको गतिले फड्को मार्दै अगाडी बढेको छ । हरिनगर गाउँपालिकामा अधिकांश गाउँ बस्तीमा बिजुली बत्ती थिएन । त्यसैले गाउँपालिकाले आफ्नै लगानीमा सबै क्षेत्रमा बिजुली बत्ति पुर्याउने उद्देश्य रहेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।

नेपाल–भारतसँग गाँसिएको सिमा बस्ती तथा सुनसरी खोला नदीको पारीको बस्ती शिशुवा टोलमा बिद्युत सेवा बिस्तार भईसकेको छ । बाढी ग्रस्त क्षेत्र भनेर चिनिने हरिनगर गाउँपालिका ५ शिशुवा बस्तीमा टुकी बल्ल निभेको छ । पहिलो पटक गाउँघरमा बिजुली बत्ती बलेपछि त्यहाँका स्थानीयले टुकी निभाएका हुन् । स्थानीयमा खुशियाली छाएको छ ।

बसन्तपुरको शिशुवाका बस्तीमा सबैको अथक प्रयासले बिजुली बत्ती पु¥याउन सफल भएको वडा अध्यक्ष सबिब अन्सारीको भनाई रहेको छ । शिशुवाको मुख्य समस्या सडक र बिजुली हो । बस्तीमा सडक, स्वास्थ्य चौकी र बिजुली बत्ती पु¥याउन अनेकौं समस्या झेलेको स्थानीयहरु बताउँछन् । शिक्षा, संचार जस्ता आधारभूत विकास निर्माणबाट पछाडि परेको शिशुवा बस्तीको बिकासमा सबैले सहयोग गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

transfor

स्थानीय सरकारको पहलमा सडक, स्वास्थ्य चौकी, बिजुली बत्ती आउँदा बस्तीमै खुशी छाएको स्थानिय रितु पासवानले बताए । ‘यस पटकका चाड पर्व निकै उल्लासमय तरिकाले मनाउन पाउने भईयो । बिजुली आएकोले वस्ती नै झिलिमिली हुने भयो । बालबालिकालाई पढाईमा निकै सुविधा हुने भयो, मोबाईल चार्ज गर्न पाईने भईयो, टेलिभिजन हेर्न पाइने भईयो’उनले भने ।

बिगतका दिनहरुमा नजिकै सिमावर्ती भारतिय बजार र आफ्नै घरमा सोलर पावरमा मोबाईल चार्ज गर्नुपर्ने बाध्यता थियो । शिशुवा बस्तीमा करिब ५ हजार घरधुरी मध्ये ६० प्रतिशत घर दलितका रहेका छन् । हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले बिद्युत सेवा संगै बस्तीलाई सुरक्षित बनाउन निमार्ण कार्यमा समेत लागिपरेका बताए ।