ओखलढुङगा : ओखलढुङगाको सिद्धिचरण नगरपालिका ४ का ३७ वर्षीय सानोकाजी ठटाल खोलाले बगाएर बेपत्ता भएका छन् ।
आईतबार अपरान्ह साँढे ५ बजेको समयमा गाई र्पुयाउन चिसंखुगढी गाउँपालिका ८ तर्फ हिडेका ठटाल बाटोमा रहेको खोला तर्ने क्रममा खोलाले बगाउदा बेपत्ता भएका हुन् । खोलाले बगाएको गाई घटनास्थल भन्दा करिव १०० मिटर तल सकुशल फेला परेको थियो भने बेपत्ता भएका ठटालको विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरी टोली र स्थानीयबासीहरु समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।