धरान: धरान उप महानगरपालिका वडा नं ८ लाङघाली चोकमा सोमवार भएको मोटरसाईकल दुर्घटनामा परेर एक वृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी ६९ बर्षीय श्रीप्रसाद राईको मृत्यु भएको छ । दिउँसो सवा १ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १४ प १२०३ नम्बरको मोटरसाईकलले पैदल यात्री राईललाई ठक्कर दिएको थियो । धरान १५ निवासी राई मोटरसाइकलको ठक्करले गम्भीर घाईते भएका थिए ।

घाईतेलाई तत्काल उपचारको लागि धरानकै विपी प्रतिष्ठान पठाईएको थियो । त्यहाँबाट थप उपचारको लागि बिराटनगरको नोबेल अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।