धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिका १ की ४८ बर्षीया देविमाया आले मगरको खोलाले बगाएर मृत्यु भएको छ ।

बिहिवार साँझ पौने ७ बजेको समयमा माईती घरबाट आफ्नो घर मारेकटहरे फर्कदै गरेकी मगरको पाखाले खोलाले बगाएर घाइते बनेकी थिइन् । बाटोमा रहेको पखाले खोला तर्ने क्रममा बगाएर उनी गम्भीर अबस्थामा घाइते भेटिएकी थिइन् । स्थानीयहरुले उद्दार गरी उपचारको लागि स्वास्थ्य चौकी जितपुर लैजाने क्रममा बाटोमा नै राती साँढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।