खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा साकेला थानमा ३६ बर्षीया देविका राईको श्रीमानको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
बिहिवार राती साँढे ७ बजे घरायसी बिबादका कारण मृतककै श्रीमान ३५ बर्षीय सिताराम राईले धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएकी थिइन् । घाइते राईको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा राती साँढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।