इलाम : इलामको रोङ गाउँपालिका १ हिलेपाखा भन्ने भित्रि सडक खण्डमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ घाईते भएका छन् ।
शुक्रबार साझँ ७ बजेको समयमा सोहि स्थानबाट तिनघरे इलाम तर्फ बाँस लोड गरी आउदै गरेको मे १ ख २२५६ नम्बरको ट्रक उकालोमा तान्न नसकेर बाटोबाट अंदाजि ७० मिटर तल खसेर दुर्घट्ना भएको हो । दुर्घटनामा झापाको बुद्धशान्ति गाउँपालिका ५ बस्ने अंदाजी ३०,३१ वर्षीय रबिन नेपालको गाडीमुनि चेपिएर मृत्यु भएको छ भने ३२ वर्षीय नरेन्द्र खड्का र २५ वर्षीय रमेश चौहान घाईते भएका छन् ।
घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरीको टोलि खटी घाईतेहरुलाई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पठाएको थियो भने ट्रकका चालक झापाको दमक नगरपालिका ५ बस्ने ४० वर्षीय धुर्ब कार्की हालसम्म फेला नपरेकोले खोजतलाश गर्ने कार्य भई रहेको उक्त कार्यालयले जनाएको छ ।