इलाम: इलामको रोङगाउँपालिका १ हिलेपाखा भन्ने भित्रि सडकखण्डमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ घाईते भएका छन् ।
शुक्रबार साझँ ७ बजेको समयमा तिनघरे इलामतर्फ बाँस लोड गरी आउदै गरेको मे १ ख २२५६ नम्बरको ट्रक उकालोमा तान्न नसकि बाटोबाट करिब ७० मिटर तल खसेर दुर्घट्ना भएको थियो । दुर्घटनामा झापाको बुद्धशान्ति गाउँपालिका ५ करिब ३० बर्षीय रबिन नेपालको गाडी मुनि चेपिएर मृत्यु भएको छ । सोही घटनामा ३२ बर्षीय नरेन्द्र खड्का र २५ बर्षीय रमेश चौहान घाईते भएका छन् ।
घटनाबारे जानकारी आएपछि ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले नै घाईतेहरुलाई उपचारको लागी बि.एण्ड सी. अस्पताल बिर्तामोड पठाएको थियो भने ट्रकका चालक झापाको दमक नगरपालिका ५ का ४० बर्षीय ध्रव कार्की फरार रहेको प्रहरीले जनाएको छ ।