झापा: झापाको बारदर्शी गाउँपालिका ५ पिपल चौकका ४४ बर्षी पुर्णबहादुर बिकको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरमा खुकुरी, कोदालो, खुर्पि,फलामको अन्य सामान बनाउने काम गर्दै आईरहेका बिकलाई आज बिहान साढे ११ बजेको समयमा करेण्ट लागेको हो । खुर्पि बनाउने क्रममा अचानक ग्यालेनडरको पछाडिको भागको नोट खुस्किएर करेन्ट लागी उनी घाईते भएका थिए । उनलाई उपचारको लागी तत्काल बिर्ता सिटी अस्पताल बिर्तामोड पुर्याइए पनि उपचारको क्रममा पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।