झापा: मेचीनगर नगरपालिका ७ ईटाभट्टामा आज दिउँसो भएको बस दुर्घटनामा परी ९ जना घाईते भएका छन् ।
दिउँसो सवा १२ बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख ६१६६ नम्बरको बस आफै अनियन्त्रीत भई सडकमा पल्टदा बसमा सवार ९ जना घाईते भएका हुन् । घाईतेहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारको लागि ६ जनालाई बिर्तामोडको बि.एण्ड सी. अस्पताल पठाएको छ भने अन्य ३ जनाको आम्दा अस्पताल धुलावारीमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।