भोजपुर : भोजपुरको षडानन्द नगरपालिका १२ माघेछापका २३ वर्षीय दिनेश बि.क. खोलाले बगाएर बेपत्ता भएका छन् ।

आईतबार बिहान पौने १२ बजे स्थानीय अरुण खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएका बि.क.को प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोली र स्थानीयबासी समेतको टोलीले खोजतलास गरिरहेको तथा खोला बगेको एरियामा पर्ने अन्य प्रहरी यूनिटबाट समेत प्रहरी टोली खटि गई खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।