धरान: प्रहरीले धरान ८ स्थित सभागृह रोडबाट आज दिउँसो लागुऔषधसहित ३ जना कारोबारीलाई पक्राउ गरेको छ ।
आज दिउँसो करिब अढाई बजेको समयमा सभागृह रोडमा खटिएको प्रहरी टोलीले मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार को ४ प १७३५ र को १० प ४७४७ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा धरान १४ का ४० बर्षीय कुमार बस्नेतको साथमा भएको कालो झोला र शरीरबाट लागुऔषध वरामद भएको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट धरान ७ का ३२ बर्षीय वसिम खान र ३४ बर्षीय राजेश भन्ने नविन भण्डारीले बेचबिखन र सेवन गर्न ल्याएको खुलेको थियो ।
उनीहरुको साथबाट प्रहरीले १०० एमएलको डाइलेक्स डिसि १० बोतल, स्पास्मो प्रोक्सिभन प्लस ९० क्याप्सुल, निट्रोसन २५ ट्याब्लेट, मोवाइल २ थान र २८ हजार ७ सय ४० रुपैया पनि वरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मोटरसाइकल र लागुऔषधसहित ३ जनालाई नै पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






































































