झापा: झापाको शिवसताक्षी नगरपालिका ८ पश्चिम बस स्टेण्डस्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदलयात्री घाईते भएका छन् ।
मध्याहन् १२ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ ख ६६९० नम्बरको बसले पैदल यात्री स्थानीय ६० बर्षीय जदपति प्रसाद साहलाई ठक्कर दिएको हो । दुर्घटनामा परेर गम्भीर घाईते भएका साहलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक पठाएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । बस र बस चालक मोरङ बेलबारी नगरपालिका १ का ३८ बर्षीय बिनोद गुरुङलाई प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएको छ ।