सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् ।

मंगलबार दिउँसो लिखुपिके गाउँपालिका–३ का करिब २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् । स्थानीय सावित्री राजभण्डारीको घरबाट सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । बस्नेतले सावित्रीको घरबाट एक तोला सुनको सिक्री, एक तोलाको आंैठी, आधा तोलाको अर्को औंठी र केही रकम चारेका प्रहरीको भनाइ छ ।
उनलाई तामाखानी प्रहरी चौकीका प्रहरी हवल्दार विनोद केसीको कमान्डमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा तामाखानीकै जस्ते होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । उनको साथबाट लागु औषध गाजा समेत बरामद भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।