पाँचथर:पाँचथरको फिदिम नगरपालिका ८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङ आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् ।

आज बिहान साँढे ९ बजेको समयमा आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका हुन् । घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी तमाखेबाट प्रहरी टोली घटनास्थलतर्फ गएको थियो । उक्त टोलीले गुरुङलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी टोली खटिएर कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।