धरान : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धरान शाखाले आफ्ना अभिकर्ताहरुको पुर्नताजकी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

गोरखा हलमा आयोजना गरीएको सो कार्यक्रममा शाखाका कर्मचारी भीमप्रसाद नेपाललाई उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मान गरीएको थियो । आर्थिक वर्ष ०७५/०७६ मा शाखाको अभिकर्ताहरु मध्येबाट उत्कृष्ट १० जनालाई सम्मान समेत गरीएको थियो । शाखा सञ्जाल सहित को व्यवसायमा उत्कृष्ट १० मा गजेन्द्रप्रसाद भण्डारी प्रथम, खेम माभी द्धितीय, साजन श्रेष्ठ तृतीय,आरती अग्रवाल चौथो, उपेन्द्र पोख्रेल पाचौ,निधि अग्रवाल छैटौ, चक्र बहादुर राई सातौं, हिमचन्द्र कट्वाल आठौं, लक्ष्मीदेवी खत्री नवौं र गणेश प्रसाद आर्चाय दशौ स्थानमा पर्न सफल भएका थिए ।

त्यसैगरी व्यक्रिगत कोडको व्यवसायबाट निधि अग्रवाल प्रथम ,गजेन्द्रप्राद भण्डारी द्धितीय, साजन श्रेष्ठ तृतीय ,गणेशप्रासद आचार्य चौथो, खेम बहादु माझी पाचौं, चक्र बहादुर राई छैटौ,सागर भण्डारी सातौं, महिमा कट्वाल आठौं, विमला गुरागाई नवौं, र हुमा वस्नेत दशौं स्थान हुन सफल वनेकी थिइन । दुवैतर्फको उत्कृष्ट दशलाई प्रसंशा पत्रले सम्मान गरीएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा अभिकर्ताहरुले गरेको व्यवसायको आधारमा प्रदान गरीएको इन्सेन्टिभ रकमको चेक ५५ जनालाई वितरण गरीएको थियो । उक्त कार्यक्रममा आर्थिक वर्ष ०७६/०७७ का लागि अभिकर्ता पारिश्रमिक योजना र संजिवनी अमृत वीमा योजनाका विषयमा धरान शाखा प्रमुख हरीप्रसाद खतिवडाले जानकारी दिएका थिए । कार्यक्रममा आन्तरीक लेखा परिक्षक जागेश्वर मेहता प्रमुख अतिथि रहेका थिए भने पेसागत अभिकर्ता संघ अध्यक्ष राजन प्रसाद कोइराला लगायत अतिथि रहेका थिए ।