धरान : अन्तराष्ट्रिय बाल दिवसको अवसरमा धरान उपमहानगरपालिका १४ नं. वडा कार्यालयले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

१४ नं. वठामा भएको १२ वटा बाल क्लबका बालबालिकाहरुबीच शनिबार नृत्य प्रतियोगिता तथा हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ । नृत्य प्रतियोगितामा समृद्धि श्रेष्ठ र लेलिन केसी प्रथम भए भने सुदिक्ष राई द्वितिय, भूमिका थापा तृतिय र दिप्ती पौडेल तृतिय भएका थिए । त्यस्तै हस्तलेखन प्रतियोगितामा १० वर्ष मुनिको उमेर समुहमा स्वीकृति पौडेल प्रथम, रोजन राई द्वितिय, एस्ना चौहान र किरण पौडेल तृतिय भएका थिए । त्यस्तै १० वर्ष माथिको उमेर समुहमा सविना तामाङ पहिलो, सँस्कृति भट्टराई दोस्रो र भूमिका ठकुरी तेस्रो भएका थिए । प्रतियोगिताको विजेतालाई १४ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराई तथा प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञा निरौलाले पुरस्कार वितरण गरेका थिए ।

निःशुल्क आँखा शिविर

eye1

१४ नं. वडाको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । शिविरमा इटहरीको नेपाल नेत्र ज्योती संघ तथा लियो क्लब अफ दन्तकालीले प्राविधिक सहयोग गरेका थिए । शिविरमा २६० जनाले स्वास्थ्य सेवा लिएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । उनका अनुसार शिविरमा आएका मध्ये २०६ जनामा आँखाको समस्या देखिएको र ३९ जनालाई वडा कार्यालयले निःशुल्क चश्मा वितरण गरेको थियो । त्यस्तै शिविरमा आएकाहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

शिविरमा आएकाहरुमध्येबाट १३ जनाको निःशुल्क मोतिविन्दुको अप्रेशन गर्ने व्यवस्था मिलाएर इटहरी स्थित नेपाल नेत्रज्योति संघमा पठाइएको वडाध्यक्ष भट्टराईले बताए ।