मोरङ: मोरङको रंगेली नगरपालिका २ कमलझोडा जोगीबगैचा की ५० बर्षीय कासीराम मुरियारी मृत अवस्थामा फेला परेका छन् ।

हिजो मंगलबार घरमा कोही नभएको अवस्थामा घरको वरण्डामा झुल टाँगी सुतिरहेका मुरियारीलाई
उनको छोरा आएर उठाउन खोज्दा मृत अवस्थामा भेटिएको भन्ने जानकारी प्रहरी चौकी बबियाबिर्ताले पाएको थियो । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट पनि प्रहरी टोली खटिएर कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।