सुनसरी: इटहरीका पोलहरुमा डोको राखिएको छ । संविधान दिवस मनाउने क्रममा आयोजित सरसफाई कार्यक्रमअन्र्तगत बिजुलीका पोलमा डोको राखिएको हो ।

नसडने फोहोर संकलनको लागि डोको राखिएको उपमहानगरले जनाएको छ । पर्यटकहरुको सहजताका लागि इटहरी चौक आसपास, खनार,पकलीका पोलमा डोको राखिएको इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प चौधरीले जानकारी दिए । उनका अनुसार तरहरमा पनि राखिने छ । इटहरीमा संविधान दिवस ४ दिनसम्म भब्यताका साथ मनाउने कार्यक्रम अनुरुप आज पोलहरुमा डोको राखिएको हो । भोली बिहिबार विहान ८ वजे पाथीभरा फुटसल काब्यवाटिकामा उपमहानगर र पत्रकार, उद्योग वाणिज्य संघ र नागरिक समाजबीच मैत्रीपूर्ण फुटसल पनि हुने छ ।

itri-doko

यसैगरि भोली विहान ११ वजेदेखि जनसहयोग क्यामपस तरहरामा संविधान कार्यान्वयनमा युवाको भूमिका विषयक अन्तरक्यामपस वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । यसैगरि भोलीनै शारदा उच्च मावि खनारमा नेपालको संधिवान र अवसरहरु विषयक उच्च मावि स्तरीय निवन्ध प्रतियोगिता हुने छ ।
भोली अपरान्ह चार वजे पकली स्थित वृद्धाश्रमका जेष्ठ नागरिकलाई फलफूल वितरण,इटहरी २ स्थित मायाँघरका सुत्केरीलाई पोषणयुक्त खादयान्न र कपडा वितरण तथा निसहाय वाल आश्रममा खादयान्न वितरण कार्यक्रम गरिने छ । असोज ३ गते विहान रक्तदान कार्यक्रम आयोजना गरिएको छ । इटहरी उपमहानगर परिसरमा रक्तदान कार्यक्रममा सहभागी हुन उपमहानगरले नगरवासीमा आग्रह गरेको छ ।