चितवन: ईलाका प्रहरी कार्यालय भण्डारा र सशस्त्र प्रहरीको संयुक्त टोलीले चितवनको पहाडी क्षेत्र राप्ती नगरपालिका वर्डा नम्बर १२ र १३ का विभिन्न स्थानहरुमा ७ विघा क्षेत्रफलमा लगाएको गाँजा खेती र एक कठ्ठा क्षेत्रफलमा लगाएको गाँजाको व्याड बेर्ना नष्ट गरेको छ ।

नेपाल प्रहरीको तर्फबाट ईलाका प्रहरी कार्यालय भण्डाराबाट कार्यालय प्रमुख प्रहरी निरीक्षक सुशील कुमार पाण्डेको कमान्डमा १८ जना र सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र पाण्डेको कमाण्डमा २१ जना गरी ३९ जनाको सयुँक्त टोली चार दिनपछि हिजो कार्यालयमा फर्किएका छन् । टोलीले गाँजा खेती नष्ट गर्नुका साथै अवैध लागु औषध कारोबार र अन्य अपराधिक गतिविधिहरुको बारेमा निगरानी तथा विभिन्न संभावित स्थानहरुको एरिया डोमिनेसन गरेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी
दिए ।

Gaja-kheti

नेकपा (विप्लव समुह)को गतिबिधी निष्तेज, अवैध लागु औषध कारोवार र अन्य अपराधिक गतिविधीहरुको निगरानी तथा वर्डा एरियाको विभिन्न सम्भावित स्थानहरुको एरिया डोमिनेसन लगायत खबर संकलन जस्ता कार्यलाई मध्ययनजर राखी समाजमा हुने विभिन्न अपराध नियन्त्रण तथा समाजमा शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने उद्देश्यले गस्तीमा खटिएका प्रहरी टोलीले ठूलो परिणाममा लगाइएको गाँजा खेती र नर्सरी नष्ट गरिएको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले बताए ।

मल्लका अनुसार प्रहरीले जिल्लाब्यापी यो अभियानलाई जारी राखेकोले कहिँ कतै यस किसिमको गाँजा खेती भएको देखे वा पाइए तत्काल प्रहरीलाई जानकारी गराएर सहयोग गर्न समेत सबैमा आग्रह गरेका छन् । साथै, प्रहरीको यो अभियान निरन्तर रहने भएकोले आफू हरुलाइ सहयोगको खाँचो समेत उत्तिकै रहेको उनी बताउँछन् ।