पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिका १ केरावारीका ७६ बर्षीय बृद्ध भीम नेम्वाङको भिरबाट लडेर मृत्यु भएको छ ।
बुधवार बिहान ११ बजेको समयमा गाउँ डुल्न जान्छु भनि हिडेका नेम्वाङ बेलुकासम्म पनि घर फर्केर आएनन् । उनको खोजतलास गर्ने क्रममा घर नजिकै रहेको छाङगे भिर भन्दा मुनी २०० मिटर तल झाडीमा मृत अवस्थामा फेला परेका थिए । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।