झापा: झापाको कमल गाउँपालिका ४ का ३८ बर्षीय प्रेम गुरुङ लागु औषधसहित पक्राउ परेका छन् ।

बुधवार दिउँसो साँढे २ बजे प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले ६२ एम्पुल डाईजेपाम, ६२ एम्पुल फेनेरागन र ६२ एम्पुल लुपिजेसिकसहित गुरुङलाई पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका गुरुङलाई कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय दमक पठाईएको उक्त कार्यालयले जनाएको छ ।