इटहरी : संविधान दिवसको अवसरमा इटहरी उपमहानगरद्वारा एकै दिन सात वटा कार्यक्रम गरिएको छ । विहीबार विहान पाथीभरा फुटसल इटहरीमा मैत्रीपूर्ण फुटसल सम्पन्न भयो । पत्रकार र इटहरी उपमहानगर तथा नागरिक समाज र उद्योग वाणिज्य संघ विच खेल भएको हो । उपमहानगर टिम पाँच दुई गोल अन्तरले पत्रकार टिम सँग विजयी भयो ।

यसैगरि उद्योग वाणिज्य संघको टिम पाँच तीन गोल अन्तरले नागरिक समाज सँग विजयी भएको छ । शारदा मावि खनारमा भएको अन्तर उच्चमावि स्तरीय निवन्ध प्रतियोगितामा सरस्वती सदन मावि इटहरीका प्रवीण अधिकारी प्रथम,कोशी सेण्टजेम्स आमाविका रश्मिता कोइराला द्वितीय र शारदा मावि खनारका क्रोनिका गिरी तृतीय भए । दुर्गा पार्टी प्यालेसमा भएको अन्तरमावि स्तरीय हाजिरीजवाफ प्रतियोगितमा लिटिल फलावर्स सेकेण्डरी वोर्डिड स्कुल प्रथम,राष्ट्रिय मावि दोश्रो र सुनसरी क्रिस्टल एकाडेमी तृतिए भएका छन् ।

यस्तै राष्ट्रिय जनसहयोग क्यामपस तरहरामा भएको अन्तर क्यापस स्तरीय वक्तृत्वकला प्रतियोगितामा सोहि क्यामपसका उत्तम गिरी प्रथम, जनता क्यापमस इटहरीका सोनु ढुंगाना दोश्रो र कस्तुरी कलेज इटहरीका निसानी राई तृतीय भएका छन । यि सवै कार्यक्रम संविधानकै वारेमा केन्द्रित थिए ।

यसैबिच संविधानदिवसका अवसरमा मनमोहन आधारभूत विद्यालय इटहरी १० मा पढने ९१ जना सिमान्तकृत समूदायका बाालबालिकालाई झोला र स्टेसनरी सामान वितरण गरिएको छ । उपमेयर लक्ष्मी गौतमले विद्यार्थीहरुलाई ती समाग्री वितरण गर्नुभयो । यसैबिच वृद्धाश्रम पकलीका जेष्ठ नागरिकलाई फलफूल वितरण गरिएको छ । मायाँघर इटहरीका सुत्केरीलाई कपडा र पोषक पदार्थ साथै निशहाय बालआश्रमका वालवालिकालाई कपडा वितरण गरिएको छ । उपमहानगरकी निमित्त प्रमुख प्रशाशकीय अघिकृत कुमारी अम्विका शाह र उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले ती समाग्री वितरण गर्नुभयो । आज साढे सात वजे प्रभातफेरी र विहान आठ बजे उपमहानगरमा रक्तदान कार्यक्रम रहेको छ ।